अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु « Arthapath.com
२९ चैत्र २०७६, शनिबार

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु



काठमाडौं । सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको छ ।

शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएको र नजिकमा स्वास्थ्य संस्थासमेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिए । असुरक्षितरूपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य प्राथमिक उपचार गरेपनि बचाउन नसकिएको कार्कीले जानकारी दिए ।

मृतक रोकायले तेस्रो बच्चा जन्म दिएकी थिइन् । आमाको मृत्यु भए पनि छोरी स्वास्थ र राम्रो भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्