सामाजिक सञ्जालमा हल्ला फैलियो, रिपोर्ट आउन बाँकि « Arthapath.com
२९ चैत्र २०७६, शनिबार

सामाजिक सञ्जालमा हल्ला फैलियो, रिपोर्ट आउन बाँकि



हेटौंडा । सामाजिक विकास मन्त्रालयले रिपोर्ट आउनुभन्दा अघि नै हल्ला गरिएको बताएको छ । हेटौंडाको प्रयोगशालामा वीरगन्जबाट आएको स्वाबमा ३ जनामा कोरोना पोजेटिभ भनेर हल्ला गरिरहेको सामाजिक विकास म्नत्रालयले जनाएको छ ।

शुक्रबार ३६ जना शंकास्पदको स्वाब परीक्षण भएको मध्ये २९ जनाको रिपोर्ट आइसकेको र बाँकीको रिपोर्ट आउन बाँकी रहँदा सामाजिक सञ्जालमा ३ जनामा कोरोना पोजेटिभ भन्ने हल्ला भएको र उक्त हल्ला गलत भएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकृत डा पुरुषोत्तम सेढाईंले बताए । उनका अनुसार रिपोर्ट आएपछि मात्रै थाहा हुने छ ।


प्रतिक्रिया दिनुहोस्