कोरोनाको संख्या १२ पुग्यो, अन्य शंकास्पद व्यक्तिको खोजतलास तीब्र गतिमा « Arthapath.com
३० चैत्र २०७६, आईतवार

कोरोनाको संख्या १२ पुग्यो, अन्य शंकास्पद व्यक्तिको खोजतलास तीब्र गतिमा



पर्सा । वीरगन्ज नारायणी अस्पतालमा कोभिड–१९ ९ कोरोना भाईरस०को संक्रमण पुष्टि भएका भारतीय नागरिक रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ती सबै मुस्लिम समुदायका भारतीय नागरिक हुन् । एक जना भारतको केन्द्रीय राजधानी दिल्ली र दुईजना उत्तर प्रदेशका नागरिक रहेका छन् ।

उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको नारायणी अस्पतालमा उपचारमा सलंग्न चिकित्सक डा। निरजकुमार सिंहले बताउनुभएको छ ।

वीरगन्ज महानगरपालिका वार्ड न. २ छपकैयाको एक मस्जिदबाट शंकास्पदरुपमा रहेका २१ जनाको परीक्षण गर्दा ३७, ४४ र ५५ वर्षका पुरुषलाई नारायणी अस्पताल वीरगन्जमा आईसोलेशनमा राखी उपचार भइरहेको छ ।

निजहरुको सम्पर्कमा आएका व्यक्ति र स्थान पहिचान गरी खोज्ने कार्य तथा अन्य छानविन भइरहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय, पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले हालसम्म वीरगन्जको सिदार्थ माविमा ५० जना तथा केडिया डेन्टल कलेजमा बनाईएको क्वारेन्टाइनमा ५० जना र अन्य ठाउँमा २५ जना गरी जम्मा एकसय २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सिदार्थ माविमा नेपाली सेना र डेन्टल कलेजमा सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले क्वारेन्टाइनमा राखिएका सबैलाई पर्सा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको तथा अन्य शंकास्पद व्यक्तिहरुको खोजतलास भईरहेको बताउनुभयो ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्