कोरोना उपचार कोषमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट रु. १ करोड « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

कोरोना उपचार कोषमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट रु. १ करोड



काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइक्यानको परिषदबाट ०७६ चैत्र ३० गते भर्चुअल बैठक मार्फत सरकारले स्थापना गरेको कोषमा तत्काल सहयोग उपलब्ध गराउने निर्णय गरेको र सो रकम आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
बैठकले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बैदेशिक भ्रमण सहित नियन्त्रण गर्न सकिने अन्य खर्चहरु कटौति गर्ने समेत निर्णय गरेको छ ।

यसैगरी कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय पनि बैठकले गरेको छ । कोरोना भाइरसको प्रभाव पछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकोले सो को रणनीति तयार गर्ने उद्देश्यसहित अध्ययन गर्न लागिएको उहाँले बताउनुभयो । यसैगरी लेखाव्यवसाय र लेखा तथा लेखा परीक्षणमा कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गर्नेछ ।

यस्तै अनलाइनलर्निङ्ग प्लेटफर्म तयार गरी भर्चुअल टे«निङ्गका साथै विद्यार्थीका निमित्त भर्चुअल कक्षाको व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको आचार्यले बताउनुभयो । भविष्यमा पनि यसरी नै तालिम तथा विद्यार्थीलाई कक्षा संचालन गर्न सक्ने गरी व्यवस्थापन गर्ने आइक्यानको तयारी रहेको छ ।

संस्थाले विदेशी लेखा व्यवसायी संस्थासंग सहकार्य गरेर सदस्यलाई भर्चुअल टे«निङ्ग र सो का आधारमा सदस्यले अनिवार्य रुपमा लिनु पर्ने अनवरत व्यावसायिक शिक्षावापतको ऋएभ् ज्यगच प्रदान गर्ने समेत निर्णय गरेको उहाँले बताउनुभयो ।

आइक्यानले कमजोर आयस्रोत भएकातथा कोरोना भाइरसको प्रभावले विद्यार्थीहरुलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्तिबाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । “यसले विद्यार्थीहरुलाई केही राहत पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ,” अध्यक्ष आचार्यले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्