कोरोना भाईरस विरुद्ध बासको साझेदारी « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

कोरोना भाईरस विरुद्ध बासको साझेदारी



काठमाडौं । बागेश्वरी अशल शाशन (बास)ले बाँकेका ८ वटा पालिकाकाहरुले स्थापना गरेको कोरोना भाईरस विरुद्धको राहत कोषमा प्रति पालिका १० हजारका दरले ८० हजार आर्थिक सहयोग गरेको छ । विश्वव्यापी रुपमा महामारी फैलिरहेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण रउपचारका लागि थोरै भएपनि राहत पुगोस भन्ने हेतुले बाँके जिल्लाका स्थानिय तहलाई आर्थिक सहयोग गरेको बासले जानकारी दिएको छ ।

त्यस्तै उक्त आर्थिक सहयोगले लकडाउनको समयमा भोकै रहेका गरिव तथा विपन्न परिवारलाई पनि खाद्यदान्न उपलब्ध हुने विश्वास बाँसले लिएको छ ।

बाँके जिल्लाका ८ वटै पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतहरुलाई उक्त स्थानिय तहको कार्यालयमा गएर नै चेक हस्तान्तरण गरेको बासले बताएको छ । बास बर्तमान समयमा निकै फस्टाईरहेको भ्रष्टाचार विरुद्ध लड्ने संस्था हो । यो संस्था देशभरिका करिव सबै जिल्लामा सक्रिय रुपमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्