तीन तहको सुरक्षा घेरा बनाइँदै, सुरक्षाकर्मी थपिँदै « Arthapath.com
२६ बैशाख २०७७, शुक्रबार

तीन तहको सुरक्षा घेरा बनाइँदै, सुरक्षाकर्मी थपिँदै



देवबहादुर कुँवर, काठमाडौँ । नेपाल–भारत सीमा नाकाको सुरक्षाव्यवस्था थप मजवुत र प्रभावकारी बनाउन तीन तहको सुरक्षा घेरा निर्माण गर्ने विषयमा आवश्यक तयारी गरिएको छ । कोभिड–१९ संक्रमण नियन्त्रण गर्न दुईवटै देशका सरकारले सीमा नाका शील गरेसँंगै अवैध मार्ग प्रयोग गर्नेका कारण सुरक्षा चुनौती थपिएपछि उक्त तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नेपाल–भारत सीमा नाकामा चेकपोष्ट र सुरक्षा जनशक्ति अपुग भएकाले सशस्त्र प्रहरी र नेपाल प्रहरी थप्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

करीव एकहजार आठसय ८० किलोमिटर दुरीमा फैलिएको नेपाल–भारत सीमामा कोभिड–१९ संक्रमण नियन्त्रण अभियान अन्तरगत एकहजार दुईसय ३० चेकपोष्ट छन् । मन्त्रालयका अनुसार, एकदर्जन स्थानमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएको छ ।

कोभिड–१९ नियन्त्रणका लागि आन्तरिक बन्दाबन्दी र सीमा कडाई गरिएसंगै सुरक्षाकर्मीमाथि चुनौती बढ्ने सम्भावना देखिएको छ । यस्तो समस्या दोहोरिन नदिन सशस्त्र प्रहरीका अतिरिक्त नेपाल प्रहरी समेत परिचालन गर्ने तयारी भएको हो ।

सशस्त्र प्रहरी प्रवक्ता प्रविनकुमार श्रेष्ठ सीमा सुरक्षाको फ्रण्ट लाइन ९अग्रभाग० मा सशस्त्र प्रहरी, त्यसपछि नेपाल प्रहरी र सीमा नाका भन्दा पाँच किलो मिटर भित्रको दुरीमा सेना परिचालन हुन सक्ने बताउनुहुन्छ ।
सीमामा उच्चसुरक्षा सतर्कता अपनाएसँगै सशस्त्र प्रहरीमाथि भारतीय नागरिक र नेपाली नागरिक दुईटै पक्षबाट करीव एकदर्जन स्थानमा अवरोध सिर्जना भएको जानकारी दिर्दै उहाँले बिओपी ९वोर्डर सुरक्षा पोष्ट० बढाएर पाँचसय पु¥याउन प्रस्ताव गरिएको बताउनुभयो ।

जवरजस्ती आवतजावत गर्न खोज्नेका कारण सुरक्षाकर्मीमाथि आक्रमण भइरहेको छ उहाँले भन्नुभयो–सीमा सुरक्षा पोष्टसंगै आवश्यक जनशक्ति थप गर्ने वित्तिकै यस्ता समस्या विस्तारै समाधान हुन्छन ।

सीमाको अग्रभागमा सशस्त्र प्रहरीको पहिलो घेरा, दोस्रो तहमा नेपाल प्रहरी र तेस्रो घेरामा सेना रहने गरी तीन तहको सुरक्षा व्यवस्था मिलाउदा सीमा पारि तथा आफ्नै मुलुकबाट हुने अवरोध तथा चुनौती समाधान हुने दावी सुरक्षा अधिकारीको छ ।

गृह प्रवक्ता शर्माले भारतमा घर र नेपालमा खेतबारी, नेपालमा घर भारतमा खेतवारी भएकाले पनि अन्नवाली भित्र्याउन सीमा आवत आवातमा समस्या हुँदा स्थानीयको अवरोध भएको स्पष्ट पार्नुभयो ।

अन्नवाली भित्र्याइ रहेका किसानहरूको आवागमन सहजीकरणका लागि सीमा नाकामा खटिएका दुईटै देशका सुरक्षाकर्मीहरूबीच समन्वय गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन भएको जानकारी उहाँले दिनुभयो ।

नेपाल प्रहरीले पनि सीमामा थप सुरक्षाकर्मी पठाउन काठमाडौँ उपत्यका लगायत विभिन्न गण, गुल्म र पहाडी जिल्लाहरूसँग सुरक्षाकर्मीको माग गरेको छ । सशस्त्र प्रहरी करीव आठहजार भन्दा बढी खटाइएको छ ।

नेपाल प्रहरीको संख्या पनि सशस्त्र प्रहरी वलको हाराहारीमा खटाइने भएको छ । प्रहरी प्रवक्ता निरजकुमार शाहीले भन्नुभयो– जनशक्ति कति खटाउन सकिन्छ, सम्वद्ध निकायसँग माग भइरहेको छ ।

सेनाले पनि कोरोना संक्रमित तराईका विभिन्न शहरी ईलाका, मुख्य सीमा नाकाको पाँच किलो मिटर दुरी भित्रको वस्तीहरूमा आवश्यक सुरक्षागस्ती गर्ने गरेको छ । कोभिड–१९ नियन्त्रणमा स्वास्थ्यकर्मी सहित सेना परिचालन भएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्