भारतमा ७४ हजार चार सय ८० संक्रमित, २४ घण्टामा साढे ३ हजार बढी भेटिए

काठमाडौं । भातमा एकै दिन साढे ३ हजार बढी कोरोना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा ३ हजार ५ सय २५ जनामा कोरोना देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा संक्रमितको संख्या ७४ हजार चार सय ८० पुगेको छ ।
२ हजार ४ सय १५ जनाले ज्यान गुमाएका छन् भने २२ हजार चार सय ५४ जना निको भएका छन् । भारतले दैनिक १ लाख जनाको परीक्षण गर्ने लक्ष्य राखेको छ । मंगलबार ८४ हजारको परीक्षण गरिएको थियो ।
भारतमा तीन सय ४७ वटा सरकारी र एक सय ३७ वटा निजी प्रयोगशालामा कोरोनाको परीक्षण भइरहेको छ । बुधबारसम्म १७ लाख ६२ हजार आठ सय ४० जनाको परीक्षण गरिसकेको छ ।