थप एकको कोरोना पोजिटिभ, संक्रमित संख्या २१९पुग्यो « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

थप एकको कोरोना पोजिटिभ, संक्रमित संख्या २१९पुग्यो



काठमाडौं । नेपालगन्जका थप एकजनाको कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकका नेपालगन्ज–९ का ३६ वर्षीय पुरुषमा कोभिड–१९ पोजिटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार काभ्रे धुलिखेलस्थित धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण रहेको पुष्टि भएको हो।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरानो संक्रमितको संख्या २१८ पुगेको छ। मंगलबार मात्रै ८३ जनामा कोरानो संक्रमण रहेको पुष्टि भएको थियो ।

फेरी मन्त्रालयले अर्काे विज्ञप्ती जारी गर्दै कोरोना संक्रमितको संख्या ११९ पुगेको जानकारी दिएको हो ।

Image may contain: text


प्रतिक्रिया दिनुहोस्