प्रभु लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कमा वृद्धि « Arthapath.com
१ जेष्ठ २०७७, बिहीबार

प्रभु लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कमा वृद्धि



काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क उल्लेख्य रुपले बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधीमा खुद बीमाशुल्क १०३.१६ प्रतिशत अर्थात २५ करोड ६३ लाख रुपैयाँले बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन कम्पनीले यस अवधीमा ५० करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो ।

यस्तै चैत मसान्तसम्ममा इन्स्योरेन्सले ४ करोड ५७ लाख रुपैयाँ लगानी, कर्जा तथा अन्य आयबाट आर्जन गरेको छ ।

खुद बीमाशुल्क बढेसँगै इन्स्योरेन्सको खुद नाफामा पनि सुधार भएको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सले यस अवधिमा ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १५ करोड ८८ लाख रुपैयाँ, जीवन बीमा कोषमा ६२ करोड ६१ लाख रुपैयाँ र महाविपत्ती जगेडामा एक करोड ३७ लाख रुपैयाँ सञ्चित छ ।

हालसम्ममा ७८ हजार ९१७ बीमालेख जारी गरी एक अर्ब २२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ । यस अवधिमा इन्स्योरेन्सले ८८ वटा दाबी बापत १ करोड ११ लाख ३८ हजार रुपैयाँ भुक्तानी गरेको छ । मेरोलागानी


प्रतिक्रिया दिनुहोस्