आज जापान जाँदै नेपाल एयरलाइन्स « Arthapath.com
२ जेष्ठ २०७७, शुक्रबार

आज जापान जाँदै नेपाल एयरलाइन्स



काठमाडौं । नेपाल एयरलाइन्स जापानको नारितामा नेपालबाट चार्टर्ड उडान हुन लागेको छ । नेपाल एयरलाइन्सको बाइडबडी ए ३३० जहाजले नेपालमा रहेका जापानी नागरिक र जापानले इन्ट्रीका लागि अनुमति दिएका नेपाली विद्यार्थी तथा कामदार समेत जापान र्फकँदैछन् ।

नेपाल एयरलाइन्सका अनुसार शुक्रबार राती ९ बजे त्रिभुवन विमानस्थलबाट जहाज नारिताका लागि उड्ने भएको छ । यो लकडाउन पछिको नेपाल एयरलाइन्सले जापानमा गर्न लागेको दोस्रो उडान हो । यसअघि २८ चैतमा समेत जहाज नारिता गएको थियो ।

नारिता नेपाल एयरलाइन्सको नियमित गन्तब्य समेत हो । तर, व्यवसायिक उडानमा प्रतिवन्ध लागेपछि चार्टर्ड उडान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्