भारतको सिमावर्ती क्षेत्रमा अलपत्र परेका ४७२ जनाको उद्धार « Artha Path
२ जेष्ठ २०७७, शुक्रबार

भारतको सिमावर्ती क्षेत्रमा अलपत्र परेका ४७२ जनाको उद्धार



काठमाडौं । सुदूरपश्चिमको कैलालीसँग सिमाना जोडिएका सीमावर्ती भारतीय सहरमा अलपत्र परेका ४७२ जना नेपालीको आज उद्धार गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उनीहरुलाई आज स्वदेश फर्काइएको हो । भारतको पलियामा रहेको क्वारेन्टाइनमा अवधि सकिएका दुई सय बढिको उद्धार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

छिमेकी मुलुक भारतको सिमावर्ती क्षेत्रमा अलपत्र परेकाहरुलाई आज नेपाल प्रवेश गराउने तयारी भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो, स्वदेश भित्रिने सबैको स्वास्थ्य परिक्षण गरि गृह जिल्ला पठाइने छ ।


प्रतिक्रिया दिनुहोस्