३१ जना सफाई कर्मचारीमा आरडीटी परीक्षण पोजेटिभ

काठमाडौं । काठमाडौं महानगरपालिकाका वातावरण विभागमा कार्यरत ३१ जना सफाई कर्मचारीमा कोरोनाभाइरसको आशंका गरिएको छ ।
उनीहरुमा शुक्रबार आरडीटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र बज्राचार्यले रातोपाटीलाई जानकारी दिए ।
उनकाअनुसार आज महानगरपालिकाका ९३२ सफाई कर्मचारीमा कोरोना परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
उनका अनुसार आज ६६४ जनामा आरडीटी टेस्ट र २६८ जनामा पीसीआर विधिबाट परीक्षण गरिएको थियो । जसमा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो । पीसीआरको रिपोर्ट भने आउन बाँकी छ ।
यस्तै आरडीटी पोजेटिभ देखिएका ३१ जनामा पनि पीसीआर विधिबाट परीक्षण गरिएपछि मात्रै कोरोना भए/नभएको पुष्टि हुने उनले बताए । उनका अनुसार उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ ।