कोरोना सङ्क्रमित भनिएका दाङका एक जना अझै भेटिएनन् « Arthapath.com
३ जेष्ठ २०७७, शनिबार

कोरोना सङ्क्रमित भनिएका दाङका एक जना अझै भेटिएनन्



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा कोरोना सङ्क्रमित भनिएका एक जना अझै भेटिएका छैनन् ।

शुक्रबार बेलुका कोरोना पुष्टि भएका ३४ वर्षीय पुरुष फेला नपरेका हुन् । सङ्क्रमित भनिएका एक जनाले फोन गरेर आफ्नो रिपोर्ट नेगेटिभ आएको बताएपछि सङ्क्रमित को हुन् भनेर बिहानैदेखि खोजी भइरहेको तुलसीपुरका कोरोना सम्पर्क व्यक्ति विमल केसीले बताउनुभयो ।

उहाँले वडा ७ मा पुगेर खोजी भइरहेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले शुक्रबार निकालेको विज्ञप्तिमा तुलसीपुर ७ का ३४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको उल्लेख छ ।

लगत्तै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सङ्क्रमित व्यक्ति काठमाण्डौमा बस्दै आएको भनेर सामाजिक सञ्जालमा लेख्नुभएको थियो ।

तुलसीपुरका कोरोना सम्पर्क व्यक्ति केसीले पनि सङ्क्रमित व्यक्ति टिचिङ अस्पतालमा कार्यरत रहेको बताउनुभएको थियो तर व्यक्ति फेला परेका छैनन् । उनी को हुन् भनेर जनप्रतिनिधि, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नै खोज्न जुटेका छन् । तीसँगै कोरोना सङ्क्रमण पुष्टि भएका अन्य दुई जनालाई भने कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा लगिएको छ । उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।उज्यालो अनलाईन


प्रतिक्रिया दिनुहोस्