मन्त्रिपरिषद् बैठक आज बस्दै,लकडाउनबारे छलफल हुने « Arthapath.com
४ जेष्ठ २०७७, आईतवार

मन्त्रिपरिषद् बैठक आज बस्दै,लकडाउनबारे छलफल हुने



काठमाडौं । आईतवार मन्त्रीपरिषदको बैठक बस्ने भएको छ । आजको बैठकमा लकडाउन थप गर्ने की नथप्ने भन्ने विषयमा छलफल बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । लकडाउनको अवधि सोमबार अर्थात जेठ ५ गते सकिदै छ ।

लकडाउनको निरन्तरता र मोडालिटिबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक पनि आइतबार दिउँसो बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ः३० बजे बैठक बोलाइएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार लोकेन्द्र केसीले जानकारी दिए ।

उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोलाएको बैठकमाकोरोना संक्रमणको वर्तमान अवस्था, संभावित जोखिम र लकडाउनको आगामी स्वरुपबारे छलफल तथा समीक्षा हुने छ ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। दोस्रोपटक २५ चैतसम्म, वैशाख ३ गतेसम्म, त्यसैगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो। पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरिएको हो।


प्रतिक्रिया दिनुहोस्