भारतमा कोरोनाबाट तीन हजार बढिको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म ३ हजार २९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट एक सय ५७ जनाको मृत्यु भएको हो ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ९६ हजार नाघेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अहिलेसम्म ९६ हजार एक सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा पाँच हजार दुई सय ४२ जना नयाँ संक्रमित फेला परेका छन् । भारतमा एकैदिन भेटिएका कोरोना भाइरसको संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।