प्रधानमन्त्रीको प्रसंशा गर्दै दिनानाथ शर्माले भने सरकारले गुमेको भुमि फिर्ता गराएरै छोड्छ « Arthapath.com
६ जेष्ठ २०७७, मंगलवार

प्रधानमन्त्रीको प्रसंशा गर्दै दिनानाथ शर्माले भने सरकारले गुमेको भुमि फिर्ता गराएरै छोड्छ



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्मा भारतले अतिक्रमण गरेको नेपालको भूभाग फिर्ता गराएरै छाड्ने दाबी गरेका छन् । उनले नेपालको एक कण माटो पनि नछोड्ने बताए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक नक्सा मन्त्रिपरिषदबाट पारित भएको भोलिपल्ट राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै नेता शर्माले सो कुरा बताएका हुन् ।

नीति तथा कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गर्ने र गुमेको भूमि फिर्ता गर्ने प्रतिवद्धता आएको र त्यसमा सांसदहरुले संसदमा प्रश्न उठाइरहँदा सरकार कार्यान्वयन गइसकेको उनले बताए ।

ओलीको प्रशंसा, संशोधन प्रस्ताव फिर्ता लिन आग्रह

इतिहासमा धेरै प्रधानमन्त्री भएको तर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा काम गरेको भन्दै प्रशंसा गरे । ‘इतिहासमा धेरै प्रधानमन्त्रीहरु भए । हिँजो भारतले नाकाबन्दी लगाउँदा राष्ट्रियताको पक्षमा उभिएर जसरी गएको थियो । यसपटक हाम्रो राष्ट्रिय गौरवलाई उचो राख्ने काम भएको छ,’ नेता शर्माले प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै भने ।


प्रतिक्रिया दिनुहोस्