प्याकेज होइन जनतालाई रोजगारी दिन्छौँ : प्रधानमन्त्री ओली « Arthapath.com
६ जेष्ठ २०७७, मंगलवार

प्याकेज होइन जनतालाई रोजगारी दिन्छौँ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतासँग कुनै छलछामको व्यावहार नदेखाई यथार्थ चित्रण देखाउने गरी सरकारको नीति तथा कार्यक्रम ल्याएको बताए । सकारको नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएको प्रश्नको प्रतिनिधि सभामा जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

‘प्याकेज देखाउने होइन । हामी जहाँ छौ जस्तो अवस्थामा छौ । आर्थिक अवस्थाका सन्दर्भमा भन्ने एउटा गर्ने अर्को गर्न हुदैन । प्याकेज घोषणा गर्दा राज्यले धान्न र स्रोतले भ्याउनेसम्म रोजगारीका अवसर उपलव्ध गराउने र उसले आम्दानीबाट जीवन चलाउन र देशको अर्थतन्त्र कमजोर हुन नदिनेतर्फ जान खोजिरहेका छौं । गरिवलाई सहारा दिने कोही छैन र काम पनि गर्न सक्दैन भने त्यस्तो मानिससँग श्रमको अपेक्षा गर्न सक्दैन त्यस्तालाई सरकारले सोचिरहेको छ’, प्रधानमनत्रीको जवाफ छ । त्यस्तै उनले आगामी दिनमा पनि त्यसैगरी अघि बढ्न सरकार लागि रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्