कपिलवस्तु र रुपन्देहीमा थप १४ जनामा कोरोना पुष्टि « Arthapath.com
७ जेष्ठ २०७७, बुधबार

कपिलवस्तु र रुपन्देहीमा थप १४ जनामा कोरोना पुष्टि



काठमाडौँ । कपिलवस्तु र रुपन्देहीमा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश ५ का स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीका अनुसार भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना देखिएको हो ।

कपिलवस्तुको महाराजगञ्जका ९ र विजयनगरका ३ जना गरी १२ जनामा कोरोना देखिएको हो भने रुपन्देहीमा देखिएका दुईजना मध्ये एकजना काठमाडौँमा बसोबास गर्ने रहेका छन् ।

सङ्क्रमितमध्ये कपिलवस्तुका १२ र रुपन्देहीका १ जना भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसिरहेका व्यक्ति रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्