थप ९ जना कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पग्यो « Arthapath.com
८ जेष्ठ २०७७, बिहीबार

थप ९ जना कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पग्यो



काठमाडौं । नेपालमा थप नौ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । जसमा ४९ जना कोरोना निको भएर घर फर्किएका छन् । आज मात्रै थप ४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।मृत्यु हुनेको संख्या ३ पुगेको छ । रुपन्देहीका २७ बर्षीय पुरुष, झापाका १७, १८, १८, २०, २० २३, ५२ र ५५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्।  

यसअघि आज विहान मात्रै १७ जनामा कोरोना पुष्टि भएको थियो। झापाको कचनकवल गाउँपालिका वडा नम्वर ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ बर्षका पुरुष, धनकुटा निवासी ३४ बर्षीय पुरुष र सुनसरी धरान उप–महानगरपालिका निवासी ५१ बर्षीय महिलामा कोरोना पुष्टि भएको थियो। 


प्रतिक्रिया दिनुहोस्