भारतसँग वार्ता गरेरै जमिन फिर्ता लिने सरकारको निर्णय « Arthapath.com
९ जेष्ठ २०७७, शुक्रबार

भारतसँग वार्ता गरेरै जमिन फिर्ता लिने सरकारको निर्णय



काठमाडौं । सरकारले भारतसँग कुटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले सीमा विवादको विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्न आवश्यक नरहेको र कुटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री तथा सूचना एवम सञ्चार मन्त्री डा. युवराज खतिवडाले बताए ।

नेपाली नक्सामा समेटिएको क्षेत्र फिर्ता ल्याउन नेपालसँग यथेष्ट प्रमाण रहेको पनि रहेको र मन्त्रिपरिषद्ले देशको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले केही अध्यायदेश खारेज गरी नेपाल ऐनको पहिलेको व्यवस्था जगाउने अध्यायदेश २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

यसैगरी इस्लाम धर्मावलम्बीको पर्व ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको पनि मन्त्री खतिवडाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्