सोमबार १८० जनामा काेराेना पुष्टि
काठमाण्डौ । सोमबार पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायएकोअनुसार आज एक सय ८० जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या १५ हजार नौ सय ६४ पुगेको छ ।
त्यस्तै हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ६ हजार ८११ जना पुगेको छ । भने पछिल्लो २४ घण्टामा मात्रै २६४ जना उपचारपछि निको भएका छन् ।
हालसम्म ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ ।