सिन्धुपाल्चोक बाढीमा परी घाइते ४ जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको छ ।
बाह्रबिसेका सुबेस तामाङ र सविता बस्नेतलाई कैलाश हेलिकप्टरमार्फत कैलाश अस्पतालमा र भोटेकोशीका फुर्वा तामाङ र एक शिशुलाई माउन्टेन हेलिकप्टरमार्फत ह्याम्स अस्पतालमा लगिएको हो ।
पहिरोमा परि २० जना हराइरहेका छन भने अहिलेसम्म दुई जनाको शव भेटिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ,
बाढी र पहिरोको कारण विभिन्न ठाउँमा गरी ३६ वटा घर बगेका छन् । त्यस्तै बाह्रबिसे नगरपालिका ५ को जम्बोमा ठाडोखोलामा आएको बाढीले घरसँगै बस, ट्रक, स्कर्पियो र ट्याङ्कर गरी चार वटा गाडी पनि बगाएको छ ।