बागमती प्रदेशमा ११ महिना प्रमुख सचिव भएका रायाको बिदाई « Arthapath.com
९ श्रावण २०७७, शुक्रबार

बागमती प्रदेशमा ११ महिना प्रमुख सचिव भएका रायाको बिदाई




काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्खरै सरुवा हुनुभएका प्रमुख सचिव तोयम रायाको विदाई गर्नुभएको छ ।


बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले मायाको चिनो प्रदान गरेर उहाँको बिदाई गर्नुभएको हो ।


बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रमुख सचिब रायाको कार्यकालको प्रसंशा गर्नुभयो । आगामी दिनमा पनि प्रदेशको कार्यमा सहयोग जारी राख्न मुख्यमन्त्री पौडेलले आग्रह गरेका छन ।
करिब ११ महिना प्रमुख सचिब भएर काम गर्दा सचिब रायाको महत्वपूर्ण भूमिका रहेको पौडेलले बताए ।


प्रमुख सचिव रायाले आगामी दिनमा पनि प्रदेश संग समन्वय गरिरहने प्रतिबद्धता ब्यक्त गेका छन ।


प्रदेशको प्रमुख सचिब भएर जिम्मेवारी सम्हाल्न सहजता प्रदान गरेकोमा मुख्यमन्त्री पौडेल तथा प्रदेशका मन्त्रिहरु प्रति आभार ब्यक्त गरेका छन ।


प्रतिक्रिया दिनुहोस्