एभरेष्ट बैंकको मुख्यालयमा छिर्यो कोरोना, द्ई दिन कार्यालय सिल
काठमाडौं । पछिल्लो समय लकडाउन खुकुलो गरेसंगै कोरोना भाईरसले उग्र रुप लिईरहेको छ । बैंक तथा वित्तीय कार्यालयका कर्मचारीहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ । एभरेष्ट बैंकको मुख्य कार्यालयका कर्मचारीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।
लाजिम्पाटस्थित रहेको मुख्य कार्यालयका कार्यरत दुई कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो। उक्त कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनलाई कामकाज बन्द गरिएको बैंकले जनाएको हो । उक्त कार्यालयमा कार्यरत कर्मचारीलाई होम आईसोलेसनमा राखिएको छ । गत शुक्रबार कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखिएको हो । बैंकको कपिलवस्तु र वीरगञ्जस्थित शाखाका कर्मचारीहरुलाई पनि संक्रमण देखिएको छ ।
त्यस्तै आइतबार नेपाल राष्ट्र बैंकका २ जना कर्मचारीमा पनि कोरोना देखिएको छ । राष्ट्र बैंकको विरगंज साखाका १ कर्मचारीलाई कोरोना देखीएको केही घण्टामा अर्का सुरक्षाकर्मीलाई पनि कोरोना देखिएको राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तमणी शिवाकोटीले बताए ।