प्रभु बैंकद्धारा कोरोना कोषमा पुन: १ करोड ३९ लाख सहयोग « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

प्रभु बैंकद्धारा कोरोना कोषमा पुन: १ करोड ३९ लाख सहयोग



काठमाडौं । प्रभु बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त रकम हस्तान्तरण गरेको हो ।

बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

यसअघि चैत २० गते पनि बैंकले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्