संवैधानिक अंगहरूमा रिक्त पदमा नियुक्तिका लागि छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए सभापति देउवालाई « Arthapath.com
१ भाद्र २०७७, सोमबार

संवैधानिक अंगहरूमा रिक्त पदमा नियुक्तिका लागि छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए सभापति देउवालाई



कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भएको छ ।

भेटमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा कांग्रेस नेता रमेश लेखक पनि सहभागी भएका छन् ।

संवैधानिक अंगहरूमा रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा उनीहरुबीच छलफल भइरहेको बताइएको छ ।

। प्रधानमन्त्री ओलीले विभिन्न विषयमा छलफल गर्न बोलाएपछि सभापति देउवा बालुवाटार गएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्