राष्ट्र बैंकका गभर्नर अधिकारी होम आइसोलेशनमा « Arthapath.com
१ भाद्र २०७७, सोमबार

राष्ट्र बैंकका गभर्नर अधिकारी होम आइसोलेशनमा



काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यरत केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गभर्नर महाप्रसाद अधिकारी आइशोलेशनमा बसेका छन् । कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि गभर्नर अधिकारी आइसोलेसनमा बसेका हुन् ।

गभर्नर अधिकारी गत शुक्रबारबाट आइसोलेसनमा बसेको राष्ट्र बैंकले जनाएको छ । एक इन्जिनियरले ब्रिफिङ गर्दा गभर्नर अधिकारी सम्पर्कमा आएका थिए । जसका कारण आफूलाई पनि हुन सक्ने भन्दै गभर्नर अधिकारी आफै आइशोलेशनमा बसेको राष्ट्र बैंक स्रोतले जनाएको छ । गभर्नर अधिकारीले अहिले घरबाटै काम गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्