सिटिजन्स बैंकले गर्यो कोरोना रोकथाम कोषमा सहयोग « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

सिटिजन्स बैंकले गर्यो कोरोना रोकथाम कोषमा सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापनागरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण रउपचार कोष’मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको छ ।


कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत बैंकले सहयोग गरेको हो ।


यस अघि पनि कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथाम,नियन्त्रण रउपचारका लागिसंस्थागत सामाजिकउतरदायित्वकार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा ७ लाखका दरले ४९ लाख सहयोग गरेको छ ।


विभिन्न स्थानियनिकायमा खडा गरिएको कोषमाकरिव ६ लाखतथाविभिन्न संघ संस्थालाई ६ लाखगरि हाल सम्मकुल ६१ लाखको सहयोग गरिसकेको छ बैंकले जनाएको छ ।

नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण रउपचार कोष’मा रु २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरे पश्चात कोरोना नियन्त्रणका लागि बैंकको सहयोग ८१ लाख पुगीसकेको छ ।


सटिजन्स बैंकले देशभर ११० वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्