एटीएमबाट पैसा झिकेपछि अविार्य स्यानिटाइजर लगाउन आग्रह « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

एटीएमबाट पैसा झिकेपछि अविार्य स्यानिटाइजर लगाउन आग्रह



कठमाडौं । बैंकको एटीएम मेसिनबाट पैसा झिकेपछि अनिवार्य रुपमा हातमा स्यानिटाइजर लगाउन आग्रह सरकारले गरेको छ ।

एटीएम प्रयोग गर्दा कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै प्रयोग गर्नासाथै हातमा स्यानिटाइजर दल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आग्रह गरेका छन् ।

भिडभाड कम गर्नको लागि एटीएम तथा इन्टरनेट बैंकिङको प्रयोग गर्न बैंकहरुले आग्रह गरिरहेका छन् । तर एटीएमको प्रयोग गर्दा पनि आफू जानुभन्दा अघि एटीएम प्रयोग गर्ने व्यक्ति सङ्क्रमित भएमा भाइरस रहन सक्ने र हातबाट सर्ने जोखिम धेरै हुने भएकोले प्रयोग गर्नासाथ हात धुन वा स्यानिटाइजर लगाउन विज्ञहरुले आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्