सोमबार सुन प्रतितोला ५०० ले घट्यो « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सोमबार सुन प्रतितोला ५०० ले घट्यो



काठमाडौं । सोमबार नेपाली बजारमा सुन प्रतितोला ५०० ले घट्दै ९७ हजार ९ सयमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । चाँदी आज १,३२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आइतबार पनि ४०० सयले सुनको मूल्य घटेको थियो ।

गत हप्ता सुनमा घटबढ भइरहेको थियो । मंगलबार २२ सयले बढ्दै सुन प्रतितोला १ लाख ४ सयमा कारोबार भएको थियो । बुधबार मूल्यस्थिर रहेको थियो । विहिबार सुनको मूल्यमा १६ सयले गिरावट आएको थियो । शुक्रबार स्थिर रहेको सुनको भाउ यो साताको पहिलो दिन ४०० ले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्