सातामा दुई दिन न्यायिक इजलास हुने « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

सातामा दुई दिन न्यायिक इजलास हुने



काठमाडौं । पोखरा महानगरपालिकाको न्यायिक इजलास हप्तामा दुई दिन सञ्चालन हुने भएको छ । यसअघि हप्तामा एक दिन मात्रै सञ्चालन हुँदै आएको इजलास अव हरेक सोमबार र बधुबार गरी दुई दिन सञ्चालन गर्ने गरेको न्यायिक समितिका सदस्य किशोर बरालले जानकारी दिए ।

हप्तामा एक दिन सञ्चालन गर्दा धेरै भीड हुने भएकाले त्यसलाई कम गराउने उद्देश्यले सोमबार र बुधबार इजलास बस्ने निर्णय गरिएको हो ।

न्यायिक समितिले सरकारले घोषणा गरेको लकडाउनमा नागरिक न्यायबाट बञ्चित हुने अवस्था नहोस् भनेर अनलाइन उजुरी लिने व्यवस्था गरेको थियो । चैत ११ को बन्दाबन्दीयता तीन अनलाइनसहित २४ उजुरी दर्ता भएका छन् । त्यसमा तीन फैसला र एक मेलमिलाप भएको छ । बाँकी २० उजुरी टुङ्ग्याउने प्रक्रियामा रहेको बरालले जानकारी दिए । उजुरी परेको दुईदेखि तीन महिनामा टुग्याउनु पर्ने नियम रहेको छ । पोखरामा न्यायिक इजलास २०७५ मंसिरबाट सञ्चालनमा आएको हो ।


प्रतिक्रिया दिनुहोस्