कोरोनाबाट जोगिने र समुदायलाई जोगाउने तर्फ लागौंः जिसस प्रमुख खुलाल « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

कोरोनाबाट जोगिने र समुदायलाई जोगाउने तर्फ लागौंः जिसस प्रमुख खुलाल



बिश्व अधिकारी

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोनाबाट आफु जोगिएर समुदायलाई जोगाउने तर्फ लाग्न सबैलाई आग्रह गर्नुभएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का निर्वाचित जनप्रतिनिधि, राजनीतीक दलका प्रतिनिधि, टोलविकासका प्रतिनिधि, स्वास्थ्यकर्मीसंगको भेटघाटका क्रममा उहाँले स्वास्थ्य मापदण्डको पालना गर्ने र गराउने कुरामा जोड दिँदै कोरोनाबाट जोगिने र जोगाउने तर्फ सबैलाई लाग्न आग्रह गर्नुभयो ।

समुदायमा कोरोनाले पारेको प्रभाव र नियन्त्रणकालागि भए गरेका कामहरुको जानकारी लिने तथा आवश्यक परामर्श र सल्लाह आदान प्रदान गर्ने उदेश्यले बिगत केहि दिनदेखि उहाँले नियमित रुपमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाहरुमा छलफल कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । सोहि क्रममा शुक्रबार १९ नम्बर वडा अध्यक्षलगायत अन्य निर्वाचित जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, टोलविकास संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायतसंग छलफल गर्नुभएको हो । सो क्रममा उहाँले समुदायमा जनचेतना अभिबृद्धि गर्ने, सामाजिक बिकृति फैलन नदिने, सामाजिक सद्भाव कायम राख्ने, स्वास्थय सम्बन्धी मापदण्डको पालना गर्ने र गर्न लगाउने कुरामा विशेष भुमिका खेल्न सम्पुर्णलाई आग्रह गर्नुभयो ।

उहाँले बिशेष गरि सामाजिक दुरी, व्यक्ति–व्यक्तिबीचको दुरी कम्तीमा दुई मिटरको कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाए निस्कने, साबुन पानीले नियमित हात धुने वा स्यानिटाइजरमार्फत हात सफा गरेमा कोरोनाको जोखिम धेरै कम हुने हुँदा समुदायमा यसबारेमा सचेतना अभिबृद्धिमा लाग्न आग्रह गर्नुभयो । साथै समुदायमा संक्रमितलाई गरिने दव्र्यवहारलाई निरुतसाहित गर्ने र समाजिक सद्भाव कायम राख्न सचेतना अभिबृद्धि गर्ने कुरामा लाग्न सबैलाई आग्रह गर्नुभयो । प्रमुख खुलालले स्वास्थय सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गरे कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सकिने भन्दै अनुसाशित भएर दैनिक काममा फर्कने वातावरण निर्माण गर्न समेत आग्रह गर्नुभएको छ ।

छलफलका क्रममा १९ नम्बर वडा अध्यक्ष नवराज सुवेदीले वडाको समग्र अवस्थाका बारेमा जानकारी दिँदै वडाहरुमा अभिभावकत्वको कमि महसुस गरेको बताउनुभयो । उहाँले हाल सम्म वडाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको तथा दुई जनाको कोरोनाबाट ज्यान गएको र संक्रमित अन्यलाई होम आइसोलेसनमै राखिएको जानकारी दिँदै वडा स्तरबाट कोरोना नियन्त्रणका लागि सक्दो प्रयास भएको बताउनुभयो । उहाँले माथिल्लो निकायबाट कोरोना नियन्त्रणका लागि वडा कार्यालयलाई सक्दो सहयोग प्राप्त नहुँदा केहि समस्या भएको सहेत बताउनुभयो ।

उहाँले वडामा जनप्रतिनिधिको नेतृत्वमा, राजनैतिक दलका प्रतिनिधि, टोल विकास समितिका प्रतिनिधिलगायतको समिति गठन गरेर प्रभावकारी रुपमा का भइरहेको जानकारी दिँदै समुदाय स्तरमा काम गर्दा माथिल्लो निकायबाट कुनै हौसला बढाउने काम नभएको प्रति गुनासो गर्नुभयो । उहाँले कोरोनाको महामारीपछि पहिलो पटक जिसस प्रमुख आउनुभएर वडाको अवस्था बुझ्नुका साथै आवश्यक जानकारी समेत दिनुभएकोमा धन्यवाद दिँदै यसले आफुहरुलाई काम गर्न थप हौसला मिलेको बताउनुभयो । सो क्रममा प्रमुख खुलालले १९ नम्बर वडामा कोरोना संक्रमणबाट स्वर्गारोहण हुनुभएका परिवारका सदस्यहरुसंग समेत भौतिक दुरी कायम गरेर भेटघाट समेत गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्