एसिड पीडित बालिका खातुनलाई पर्यटनमन्त्रीले ५० हजार नगद सहयोग गरे « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

एसिड पीडित बालिका खातुनलाई पर्यटनमन्त्रीले ५० हजार नगद सहयोग गरे



काठमाडौं । संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा एसिड पीडित बालिका मुस्कान खातुनलाई नगद सहयोग गरेका छन् ।

मन्त्री भट्राईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् ।

कक्षा ९ मा अध्ययनरत खातुनको अध्ययन खर्चमा सहयोग पुग्ने गरी जन्मदिनको अवसर पारी मन्त्री भट्टराईले नगद सहयोग गरेको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्