महालक्ष्मीविकास बैंक र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीबीच सम्झौता « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

महालक्ष्मीविकास बैंक र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीबीच सम्झौता



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नाग्राहकहरुका लागि विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संव्रmमण परिक्षणका साथै अन्य गुणस्तरीय स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीसँग भाद« २१ गते एक सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउने छन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५%, र कोरोनाको संव्रmमण परिक्षणमा अधिकतम १५% आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि.ले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।


प्रतिक्रिया दिनुहोस्