छोरोलाई कोरोना देखिएपछि स्वास्थ्यमन्त्री क्वारेन्टाइनमा

काठमाडौं । परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन् । तीन दिनअघि परिवारका सदस्यलाई संक्रमण देखिएपछि आफू मन्त्रीक्वार्टरमै क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए ।
कोरोना उनका आफ्नै छोरालाई भएको जनाएको छ । ‘आज ३ दिन भयो, चिकित्सकको सल्लाहअनुसार ७ दिनमा परीक्षण गर्ने कुरा भएको छ,’ उनले भने।