खतिवडालाई साक्षी राखेर उद्योगी व्यापारीसँग प्रधानमन्त्रीले के भने? « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

खतिवडालाई साक्षी राखेर उद्योगी व्यापारीसँग प्रधानमन्त्रीले के भने?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको साझा रहेको बताए । उद्योगी तथा ब्यापारीहरुसंगको छलफलमा उनले यस्तो बताएका हुन् । उनले भने, “कोरोना विरूद्दको लडाई साझा हो । यसमा सरकार कोरोनाको संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील छ ।” प्रधानमन्त्री तथा अर्थमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग सुझाव र परामर्शका लागि आईत्बार छलफल गरेका थिए ।

आईतबार उद्योगीहरु भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका नेतृत्वकर्ताहरूको तर्फबाट आआफ्ना सुझावहरू प्रस्तुत गरेका थिए । त्यसक्रममा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाइ चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन अनुरोध प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।

उक्त अवसरमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका नेतृत्वकर्ताहरूको तर्फबाट आआफ्ना सुझावहरू प्रस्तुत गर्नुभएको छ । त्यसक्रममा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाइ चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन अनुरोध प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको छ ।

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेको अध्ययन र संबोधनको बारेमा स्पष्ट गरेका छन् ।

आफ्नो संबोधनका क्रममा प्रधानमन्त्रीले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्दै स्वतन्त्रताको असन्तुलित वकालतले गर्दाचाहिं धेरै ठूलो क्षति भोग्नुपर्नेतर्फ सबैको ध्यानाकर्षण गरेका छन् । उनले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको समेत उल्लेख गरेका छन् ।

कोभिड १९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवारहरू सचेत हुन पनि उनले निर्देशित दिए । उनले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गरेका छन् ।

प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारेका छन् ।

काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति पनि उनले स्पष्ट पारे । उनले भने, “भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरू यो अवस्था बुझेर देशभित्र क्रियाशील हुनु पर्छ ।” छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैठौ मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाउने उनले तर्क थियो ।

कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्नेमा उहाँले विशेष जोड दिएका छन् । करिब अढाई घण्टासम्म चलेको आजको छलफलको आयोजनाका निम्ति निजी क्षेत्रका नेतृत्वकर्ताहरूले सरकार र प्रधानमन्त्रीज्यूलाई विशेष धन्यवाद र आभार व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्