ब्राजिललाई उछिन्दै भारत दुई नम्बरमा उक्लियो « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

ब्राजिललाई उछिन्दै भारत दुई नम्बरमा उक्लियो



काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक बृद्धि भईरहेको छ । भारतमा छोटो समयमा कोरोना संक्रमणको दर बृद्धि भईरहेको छ । हाल धेरै कोरोना संक्रमित हुनेको संख्यामा दोस्रो नम्वरमा पुगेको छ । यो गतिमा कोरोना संक्रमण फैलिदैँ जाने हो कोरोनाले भारतमा संकट नै आउने देखिन्छ ।

ब्राजिललाई उछिन्दै बढी सङ्क्रमित हुने देशमा भारत दोस्रो नम्बरमा उक्लिएको छ । विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङख्या अमेरिकापछि अब भारतमा धेरै भएको तथ्याङ्कले देखाएको छ ।

अहिले भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ४२ लाख पुगेको छ । मृत्यु हुने सङ्ख्या तुलनात्मक रूपमा भारतमा कम मानिन्छ । ७ हजारभन्दा बढीको मृत्यु भएको छ । हिजो एकै दिन भारतमा थप ९० जार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको थियो ।


प्रतिक्रिया दिनुहोस्