विद्युत प्राधिकरणमा घिसिङको पुनः नियुक्ति बारे प्रधानमन्त्री सकारात्मक, ऊर्जा मन्त्रालयले पठायो प्रस्ताव « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

विद्युत प्राधिकरणमा घिसिङको पुनः नियुक्ति बारे प्रधानमन्त्री सकारात्मक, ऊर्जा मन्त्रालयले पठायो प्रस्ताव



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति दिन प्रधानमन्त्री केपीशर्मा ओली सकारात्मक देखिएका छन् । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिन केहि दिन बाँकि रहेको छ । उलाई पुन नियुक्ति दिनको लागि उर्जा मन्त्रालयले प्रस्ताव पठाएको छ । भदौ २९ गते उनको चार वर्षे कार्यकाल सकिँदैछ ।

सोमबार मात्र बालुवाटारमा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि कुलमानलाई प्राधिकरणमा पुनः ल्याउनेबारे छलफल भएको स्रोतले बताएको छ । बिहिबार बस्ने मन्त्रिपरिषदको बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीले प्रस्ताव पेश गर्ने स्रोतको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्