डब्लुएचओको चेतावनीः अर्को महामारीको लागि संसार तयार रहनु « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

डब्लुएचओको चेतावनीः अर्को महामारीको लागि संसार तयार रहनु



काठमाडौं । विश्वभरमा कोरोनाभाइरसको सन्त्रास रहिरहँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसार अर्को महामारीको लागि तयार रहनुपर्ने चेतावनी दिएको छ । सोमवार डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयसस संसारले अर्को महामारीको लागि राम्रोसँग तयार रहनुपर्ने बताएका छन् ।

उनले विश्वका सबै मुलुकहरुले सार्वजनिक स्वास्थ्यमा लगानी गर्न आह्वान पनि गरेका छन् । डब्लुएचओको जेनेभास्थित मुख्यालयको प्रेस ब्रिफिङमा टेड्रोसले भने,’ कोरोनाभाइरस संसारको अन्तिम महामारी होइन, इतिहासले प्रकोप र महामारी जीवनको एक तथ्य हो भनेर सिकाएको छ ।’ त्यसैगरी, संसारमा अब अर्को महामारी आउँछ त्यसको लागि विश्वले अहिलेको तुलनामा भन्दा थप सचेत र तयारी अवस्थामा रहनुपर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्