विवादित क्षेत्रमा भारतले गोली चलाएको चीनको दाबी « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

विवादित क्षेत्रमा भारतले गोली चलाएको चीनको दाबी



काठमाडौ । विवादित हिमालि सीमा क्षेत्र लद्दाखमा चीन र भारतबीच पुनस् सैन्य तनाव देखिएको छ । भारतीय सेनाले विवादित सीमा क्षेत्रमा गोली चलाएपछि चीनको जनमुक्ति सेनाले जवाफी कारबाही स्वरुप गोली चलाएको हो । चिनियाँ जनमुक्ति सेनाले सीमा क्षेत्रमा भारतीय पक्षबाट गोली चलेपछि थप जवाफी कारबाही गर्न सक्ने बताएको छ ।

भारतीय सेनाले चिनियाँ सेनाले पाँच भारतीय नागरिकलाई आफ्नो कब्जामा लिएको आरोप लगाएको छ । यससँगै भारत र चिनियाँ सेनाको भिडन्तमा प्रयोग भएका हतियारका तस्बिर पनि सार्वजनिक भएका छन् ।

गत जुन महिनामा भएको सीमा झडपमा २० भारतीय सैनिक तथा अज्ञात संख्यामा चिनियाँ सैनिक मारिएपछि २ देशबीच बढेको तनाव अझै जारी छ । सोमवार भारतीय फौजले ४ हजार मिटरको उचाइँमा रहेको पाङ्गोङ् त्सो ताल नजिकैको विवादित सीमा क्षेत्रमा प्रवेश गरेको चिनियाँ सेनाले जनाएको छ ।

चिनियाँ सेनाका प्रवक्ता तथा वरिष्ठ कर्नेल जाङ् सियुलीले एक वक्तव्य जारी गर्दै भारतीय सैनिकले भारत चीन सीमाको पश्चिमी भागमा एलएसी पार गरेको र तालको दक्षिणी किनाराको नजिक सेनपाओको पहाडी इलाकामा प्रवेश गरेको बताएका छन् । दुवै देशले त्यस क्षेत्रमा हजारौँ संख्यामा सुरक्षा फौज परिचालन गरेका छन् ।

वास्तविक सीमा रेखा (एलएसीमा) तैनाथ भारतीय सैनिकले फेरि एक पटक गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरेको र चीन सीमामा तैनाथ सैनिकमाथि चेतावनी स्वरुप गोली ९वार्निङ शट्स० चलाएको चिनियाँ पक्षको दावी छ । चिनियाँ सैनिकका अनुसार सैनिक कुराकानी गर्ने योजनामा रहेको बेला भारतीय पक्षले गोली चलाएको थियो ।

चिनियाँ सेनाका प्रवक्ताले स्थितिलाई स्थिर राख्न चिनियाँ सैनिकले बाध्य भएर जवाफी कारवाही गर्नुपरेको जानकारी दिएका छन् । प्रवक्ता कर्नेल जाङ् सियुली भन्छन्, ‘यस्तो किसिमको खतरनाक क्रियाकलाप तत्काल बन्द गर्न हामी भारतीय पक्षसँग माग गर्छौं । जुन सैनिकले एलएसी पार गरे उनीहरुलाई तुरुन्त फिर्ता बोलाइयोस् र नियन्त्रणमा राखेर गम्भीरताका साथ अनुसन्धान तथा कारवाही गरियोस् ।’

जसले वार्निङ शट्स फायर गरेका छन् उनीहरुलाई सजाय दिनुपर्ने र अब यस्ता घटना नदोहोरिने सुनिश्चित गरिनुपर्ने भन्दै चिनियाँ सेनाका प्रवक्ताले चिनियाँ सैनिकले आफ्नो क्षेत्रीय सम्प्रभुताको रक्षा गर्ने प्रष्ट पारेका छन् । बीबीसी


प्रतिक्रिया दिनुहोस्