भारतले परीक्षण र्गयो शक्तिशाली मिसाइल, आवाजभन्दा ६ गुणा तीव्र « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

भारतले परीक्षण र्गयो शक्तिशाली मिसाइल, आवाजभन्दा ६ गुणा तीव्र



काठमाडौं । भारतले अत्याधुनिक मिसाइल हाइपरसोनिकको सफल परीक्षण गरेको छ । अमेरिका, रुस र चीनपछि यस्तो मिसाइल तयार गर्नेभारत चौथो देश हो ।

यो मिसाइल आवाजको तिव्रताभन्दा पनि धेरै गुणा चाडो तोकिएको ठाउँमा पुुग्न सक्छ । भारतको रक्षा मन्त्रालयले सोमबार ओडिशा नजिकैको टापूमा यस्तो मिसाइल परीक्षण गरिएको जानकारी दिएको हो । रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार स्क्रामजेट जेट इन्जिनसहितको हाइपरसोनिक क्रुज ९८ हजार ४ सय २५ फिट उचाईसम्म पुुगेको थियो र यसको तिव्रता आवाजको दाँजोमा ६ गुणा बढी छ । यस बारे रक्षामन्त्रालयले आफ्नो वेवसाइटमार्फत २४ सेकेन्ड लामो भिडियो पनि रिलिज गरेको छ ।

विद्यमान आणविक शक्ति रुस र अमेरिकाबीचको हाइपरसोनिक हतियार दौडबारे चिन्ता बढिरहेका बेला भारत पनि यो एलिट समुहमा मिसिएको हो । यसअघि चीनले गत वर्षको अक्टुुबर तथा रुसले डिसेम्बरमा यो हतियार परीक्षण गरेका थिए । त्यस्तै, गत मार्चमा अमेरिकाले यस्तो मिसाइल प्रोटोटाइप सफलतापूर्वक परीक्षण भएको जानकारी दिएको थियो ।

चीन र भारतबीच सीमा समस्याका कारण सैन्य विवाद बढिरहेका बेला यो मिसाइलको परीक्षणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । धेरैपटकको छलफल र वार्ताका बाबजुद दुुई एशियाली देशबीच पटक–पटक सीमामा विवाद देखिने गरेको छ । र, पछिल्लो केही महिना तनाव उच्च छ ।

काठमाडौं । एउटा झिंगा मार्ने क्रममा फ्रान्सको डोर्डोग्ने शहरमा एक पुरुषले आफ्नो घरमा विस्फोट गराउन पुगेका छन् । करिव ८० वर्षिय नाम नखुलाइएका ति वृद्धले झिंगा मार्न बिद्युतिय किटनाषक यन्त्र प्रयोग गर्ने क्रममा ग्यास चुहएर विस्फोट भएको थियो ।

स्थानिय संचार माधयमले ति वृद्धलाई सो दुर्घटनामा सामान्य चोट पटक मात्र लागेको तथा घर बस्नै नहुने गरी ध्वस्त भएको जनाएका छन् । झिंगाको कारण रिसले चुर भएका उनी बिद्यतिय उपकरण लिएर झिंगा मार्न दौडादौड गरेको स्थानिय सुड ओएस्त अखवारले जनाएको छ । तर त्यो झिंगा मारिए वा मारिएन भन्ने स्पष्ट भएको छैन ।

प्रहरीका अनुसार यसरी किरा फटेंग्रा मार्ने क्रममा विगतमा पनि दुर्घटना हुने गरेको थियो । गत वर्ष ब्राजिलमा एकजना पुरुषले केहि साङ्ला मार्न घर पछाडि धारिलो हतियार प्रहार गर्दा पेट्रोलको भाँडोमा प्वाल पर्दा दुर्घटना भएको थियो ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्