भारतमा थपिए एकै दिन कोरोनाका ९५ हजारभन्दा धेरै संक्रमित « Arthapath.com
२५ भाद्र २०७७, बिहीबार

भारतमा थपिए एकै दिन कोरोनाका ९५ हजारभन्दा धेरै संक्रमित



काठमाडौं । भारतमा १ दिन ९५ हजार ७३५ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

। यो ससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ४४ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १७२ जनाको मृत्यु भएको हो ।

सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म नौ लाख ६७ हजारभन्दा संक्रमित भेटिएका छन् भने २७ हजार ७८७ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै आन्ध्र प्रदेशमा पाँच लाख २७ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने चार हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म ३४ लाख ७१ हजार ७८४ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अहिलेसम्म नौ लाख १९ हजार १८ संक्रमित निको हुन बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्