संकटका विच भदौमै बैंकहरुले ११ अर्व लगानी बढाए « Arthapath.com
२५ भाद्र २०७७, बिहीबार

संकटका विच भदौमै बैंकहरुले ११ अर्व लगानी बढाए



काठमाडौं । कोरोना संकटका विच बैंकहरुको ११ अर्व कर्जा प्रवाह भएको छ । भदौ महिनाको ४ गतेदेखी काठमाडौं उपत्यका लगायत देशका अधिकांस स्थानमा निषेधाज्ञा जारी भएको थियो । ३ साताको अवधीमा करिव ११ अर्व कर्जा प्रवाह भएका छन ।

काठमाडौं उपत्याका तीन साता निषेधाज्ञा भएको थियो । यस्तो ठप्पको समयमा पनि बैंकहरुले लगानी बढाउन सफल भएका छन । बैंकहरुले गएको ३ साता ११ अर्ब कर्जा प्रवाह गरेका छन । भदौ तेस्रोसाता बैंकहरुको कर्जा लगानी २८ खर्ब ९७ अर्ब पुगेको छ ।

भदौ मसान्तीदेखी बैंकहरुको निक्षेप पनि ११ अर्ब ले बढेको छ । बैंकहरुको निक्षेप ३४ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । साउन मसान्तभन्दा ४ अर्वले निक्षेप बढेको छ ।


प्रतिक्रिया दिनुहोस्