रत्नपार्कका भोकाहरुलाई कसले हेर्छ ? ६ महिना काम विहिन बनेका मजदुरलाई पेटभर्नै समस्या « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

रत्नपार्कका भोकाहरुलाई कसले हेर्छ ? ६ महिना काम विहिन बनेका मजदुरलाई पेटभर्नै समस्या



उषा रेग्मी

काठमाडौं । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ चैत्र ११ गतेदेखी ६ महिना लामो लकडाउन गर्यो । लकडाउन अवधिमा अत्यावश्यक बाहेक सबै सेवा ठप्प भए ।
सरकारले लगाएको लकडाउनको मारमा दैनिक ज्यादलादारी मजदूरहरु परे । मजदूहरु दिनभर काम गरेर साँझको छाक टार्छन । ६ महिनाको अवधिमा यी मजदूरहरुले के गरि आफ्नो जीवन जोगाए होलान् यो सोच्न पनि सकिन्न । सरकारले करोडौ रुपैयाँ बराबरको राहत बाडेको बताएको छ । तर त्यो राहतले मजदुरको भोको पेट भरिएन । जो वास्तविक गरिव हुन् उनिहरुले बैसाख जेठमा पाएको राहात सकिइसकेको छ ।

६ महिनाको अवधिमा जसोतसो जीवन निर्वाह गरेपनि अवका दिनमा भने उनीहरु सडकमा आउन थालेका छन् । हाल काठमाडौंको रत्नपार्कमा हजारौँ मजदूर तथा गरिवहरु जम्मा हुने गरेका छन् । उनीहरु एक छाक खानको लागि त्यहाँ जम्मा हुने गरेका छन । सरकारले उनीहरुलाई नदेखेको भएपनि केहि मनकारी व्यक्तिहरुले उनीहरुको आहारा पुर्याईरहेका छन् । रत्नपार्कमा दैनिक उनीहरुलाई खाना खुवाएर कही मनकारीहरु भगवान बनिरहेका छन् । रत्नपार्कमा अधिकांश दैनिक मजदूरी गरेर छाक टार्नेहरु धेरै छन ।

झापा घर भएका ४० बर्षिय नवराज धिताल पनि एक मजदूर हुन् । उनलाई विहान र वेलुकाको छाक टार्न नै धौ धौ छ । विहान खाए वेलुका समस्या हुन्छ । उनी भन्छन्, ‘हुनेखानेको त घरमा खान्छन् तर हामीलाई त सडकमा पनि गाह्रो छ ।’ काम गरी खाने हामी गाउँबाट सहर आयौँ तर यहाँ त झनै समस्या भएको छ ।”

उनले भोकले भौँतारिदै हिड्दा काठमाडौको पुरानो वर्सपार्कमा निःशुल्क खाना खाने ठाउमा पुगे । धिताल कामको खोजिमा छन् । काम छ त भोक मेटिन्छ छैन भने भोकै बस्नुपर्छ । मजदूरी काम गर्ने उनी लकडाउन र निषेधाज्ञामा कुनै काम पाएका छैनन् । उनी सडकमा नै दिन र रात विताउँछन् । लकडाउनमा कामविहीन भएपछि उनको कोठामा बस्ने सपना पनि टुटेको छ । करिव ६ महिना वित्यो सडकमा नै बास छ, कसैले दियो भने गाँस छ नत्र छैन ।

धिताल एउटा उदाहरण मात्रै हुन् । उनका जस्तै समस्या भएका हजारौ मजदूरहरु सडकमा आएका छन् । त्यस्तै ३४ बर्ष अगाडी दोलखाबाट काठमाडौ आएका हरी सुवेदिको पनि उस्तै कहानी छ । काठमाडौंमा उनी भरियाको काम गर्छन । लकडाउनले रत्नपार्क आसपासमा भारि पाउन छाडेको छ महिना वित्यो । बजार नै बन्द भएपछि ६ महिनादेखी कामविहीन भएका छन् । उनी पनि केहि मनकारीहरुले बाँडेको राहत स्वरुप खाना खानको लागि रत्नपार्कमा नै पर्खिरहेका हुन्छन् ।

रामेछापका बिन्दा थापा र उनका श्रीमानले ठूला ठूला पार्टीप्यालेसमा भाँडा माझ्ने काम गथ्र्ये । अहिले सबै क्षेत्र बन्द छ । उनले काम नपाएको ६ महिना वित्यो । लकडाउन भएसंगै काम कुनै पनि त्यस्तो पार्टी भएको छैन । अरु सिप नहुँदा दुःख भएको उनको अनुभव छ । खाना खानकै लागी करिव डेढ घण्टा हिँडेर रत्नपार्क आउँछन् । निशुल्क खाना पाईन्छ सुनेपछि उनी रत्नपार्क आउँछन् ।


दिनभरि काम गरि साँझको छाक टार्ने मजदूरहरु कामविहीन भएपछि रत्नपार्कमा जम्मा भएका अधिकांशको पीडा एउटै छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखी लकडाउन लगायो । लकडाउन लम्विदैँ जादा ६ महिना सरकारले लकडाउन लगायो ।
हाम्रो टिम नेपालले शुरुमा विहान÷बेलुका ९ जनालाई खाना खुवाउन शुरु गरेको थियो भने हाल आएर करिब १ हजार जनाभन्दा बढिलाई खाना खुवाउँदै छ ।

हाम्रो टिम नेपालका सदस्य उमेश बोहोराका अनुसार

This image has an empty alt attribute; its file name is FB_IMG_1599712058046.jpg

खाना खानेको संख्या दैनिक करिब १ हजारदेखि १५ सय जना पुग्छन् । हाम्रो टिम नेपाल देशमा जहाँ संकट र समस्या पर्छ त्यहाँ त्यहीँ पुग्ने गरेको बोहरा बताउँछन । उनीहरुको संस्थालाई अहिले देश विदेशबाट सहयोग गर्ने पनि बढेको संस्थाले जनाएको छ ।

ठमेल र पुरानो वर्सपार्कमा दैनिक २ सय जनालाई निशुल्क खाना खुवाउँदै आएको मेन्ज फाउण्डेसनका अध्यक्ष मेन्ज खानले बताए । भोको रहेका मानिसलाई खाना पकाएर फाउन्डेसनका ५ जना सदस्यले व्यतिmगत स्रोत साधनबाट खुवाउने गरेको उनले बताए । अरुलाई भोको देख्दैन तेही भएर हामी आफैले खाना खुवाउने गरेको उनीहरु बताउँछन् ।

This image has an empty alt attribute; its file name is FB_IMG_1599712058046.jpg

दैनिक १ हजारदेखि १५ सय जनलाई खाना खुवाउदा दिनको १७ हजारदेखि २० हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको बोहोराले बताए । त्यस्तै लकडाउन खुल्दा भने १५ दिन बाढी पहिरो गएको जिल्लामा राहत बाढ्न गएकाले खाना खुवाउन नसकेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्