लेबनानको बेरूत पोर्टमा फेरि आगलागी « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

लेबनानको बेरूत पोर्टमा फेरि आगलागी



कामठाडौं । एक महिना पहिले १९० मानिसको ज्यान जाने गरि भएको भएको विष्फोटमा भएकोमा लेबनानको राजधानी बेरूतको पोर्टमा बिहीबार फेरि आगलागी भएको छ । आगलागीबाट आसपासका क्षेत्र धुवाँले भरिएको छ ।

लेबनान आर्मीका अनुसार पोर्टको ड्युटी फ्रि जोनको एउटा वेयर हाउसमा आगलागी भएको थियो। त्यहा तेल र ट्यांकर राखिएको थियो । आगलागीपछि सेनाको हेलिकोप्टरबाट आगो निभाइएको छ भने पोर्ट जाने सडकमा ट्राफिक डाइभर्ट गरिएको छ। आगलागी कसरी भयो भन्नेबारे कुनै जानकारी आएको छैन ।

यता, बेरूतको गभर्नर मारवान अबाड तथा स्थानीय अधिकारीले मानिसहरूलाइ पोर्टबाट टाढाको दूरीमा जान अपील गरेको छ । यसअघि मंगलबार नै आगलागी भएको थियो। तर उक्त आगो तत्कालै निभाएको थियो ।


प्रतिक्रिया दिनुहोस्