मन्त्रीपरिषदको बैठक बस्दै कुलमानको पुर्ननियुक्ती हुने, सरकारको प्रवक्तामा भट्टराई नियुक्ती पाउने ! « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

मन्त्रीपरिषदको बैठक बस्दै कुलमानको पुर्ननियुक्ती हुने, सरकारको प्रवक्तामा भट्टराई नियुक्ती पाउने !



काठमाडौं । शुक्रबार सांझ मन्त्रीपरिषदको बैठक बस्ने भएको छ । शुक्रबार साँझ बस्ने मन्त्रीपरिषद बैठकले केही देशका राजदुतहरुको नियुक्ती, मुख्य सचिवको नियुक्तीलगायत अख्तियार अनुसन्धान आयोगमा रिक्त हुन लागेका प्रमुखको बारेमा पनि छलफल हुने जनाइएको छ ।

आज बस्ने मन्त्रीपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकाल सकिन लागेका कार्यकारी निर्देशक कुलमान घिसिङको पनि पुर्ननियुक्ती हुने जनाइएको छ । साथै खाली रहेको सरकारको प्रवक्ताको जिम्मेवारी हालका पर्यटन मन्त्री योगेश भट्टराई दिने तयारी भएको छ ।

यी लगायत विभिन्न विषयमा छलफल र निर्णय गर्नको लागि शुक्रबार मन्त्रीपरिषदको बैठक बस्ने भएको हो । सरकारका प्रवक्ताको जिम्मा सम्हालेका पूर्व अर्थ तथा सूचना तथा सञ्चार प्रविधी मन्त्री डा. युवराज खतिवडाले राजिनामा दिएपछि सरकारका प्रवक्ताको पद रिक्त रहेको छ । राष्ट्रिय सभा सदस्य पदको समयावधि सकिएपछि डा. खतिवडाले राजिनामा दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्