महालेखा नियन्त्रक कार्यालयमा भित्रीयो कोरोना

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयका १ जना कर्मचारीमा नोभल कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
महालेखा नियन्त्रक गोपीनाथ मैनालीका अनुसार कार्यालयको प्रशासन महाखाशामा कार्यरत एक जनामा कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ देखिएको हो ।
उनी सामान्य स्वास्थ्य समस्या भएपछि गत मंगलबाट आइसोलेसनमा रहेका थिए । पछि परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको मैनालीले बताए ।
अअिले कार्यालयका अरु कर्मचारीको पनि स्वाब जाँचका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।
अहिलेसिस्टम चलाउने कर्मचारी मात्र काममा आएका छन भने अरु होम आइसोलेसनमा बसेका छन ।