विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले अर्को व्यवस्था नभएसम्मको लागी निमित्तको जिम्मेवारी दिइएको हो ।

उर्जा मन्त्री वर्षमान पुनले तत्कालको लागी कोइरालाई जिम्मेवारी दिइएको हो । बरिष्ठताको आधारमा दोस्रो बरियातामा रहेका कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको हो ।

प्राधिकरणको कार्यकारी निर्देशक रहेका कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते आइतबार कार्यकाल सकिएको थियो । कार्यकारी निर्देशक रहेका घिसिङको कार्यकाल नथपिएपछि मंगलबार विदाइ गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्