साउदीले बिहीबारदेखि श्रम भिसा दिने « Arthapath.com
६ आश्विन २०७७, मंगलवार

साउदीले बिहीबारदेखि श्रम भिसा दिने



काठमाडौं । लामो समयदेखी बन्द रहेको विदेशका लागि भिसा बिहीबारदेखी साउदी अरेबियाका लागि खुला हुने भएको छ । साउदी अरेबियाका लागि काठमाडौँस्थित दूतावासले नेपाली श्रमिकका लागि बिहीबारदेखि भिसा जारी गर्ने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले नेपालस्थित साउदी दूतावासले बिहीबारबाट भिसाको काम सुरु हुने जानकारी दिए ।

कोरोना महामारीका कारण रोकिएको वर्किङ भिसा, भिजिट भिसा र पुनः प्रवेशको भिसाको प्रक्रिया सुरु गर्न लागेको हो । भिसा प्राप्तिका लागि पहिलेकै प्रक्रिया यथावत् रहेको समेत महासचिव श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्