कांग्रेसका केन्द्रीय सदस्यहरुलाई कोरोना,केन्द्रीय कार्यसमितिको बैठक २४ गतेसम्मको लागी स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातजना केन्द्रीय सदस्यसहित १९ जनालाई कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
नेपाली कांग्रेसका पार्टीका केन्द्रीय सदस्यहरु र अन्य व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोले तत्कालका लागि बैठक २४ गतेसम्मको लागी स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
कोरोना देखिएसंगै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पनि आज आइतबारदेखि २२ गतेसम्मका लागि बन्द गरिएको बताए ।
त्यस्तै कोरोना देखिएसंगै नेपाली कांग्रेसको आज बस्ने तय भएको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक पनि स्थगित भइसकेको छ ।